क्यान्सरलाई मात दिएर अभिनेता सञ्‍जय दत्त श्रीमती मान्यता र छोराछोरीसँग भेटन दुबई उडेका छन् ।

केही महिनाअघि मात्रै फोक्सोको क्यान्सर भएको पत्ता लागेपछि सञ्जय मुम्बईमै पहिलो चरणको उपचार गरिरहेका थिए । उनको यो गाह्रो परिस्थितिमा छोराछोरीलाई दुबईमा नै छोडेर मान्यता मुम्बई सञ्‍जयको साथमा बस्‍न आएकी थिइन् । यसैक्रममा अभिनेता सञ्‍जयले सामाजिक सञ्‍जालमार्फत यो लडाईंमा आफू विजयी भएको खबर सामाजिक सञ्‍जालमार्फत सबैसँग सेयर गरेका हुन् ।

आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तीमा सञ्‍जयले यसो भनेका छन्, “पछिल्लो केही हप्ता मेरो र परिवारको लागि एकदमै गाह्रो समय थियो । तर उनीहरुले भनेको जस्तै, भगवानले सबैभन्दा कडा लडाई आफ्नो सबैभन्दा बलियो सिपाहीलाई दिन्छन् । र आज मेरो बच्चाहरुको जन्मोत्सवको अवसरमा म यस लडाईबाट विजयी भएर फर्किन पाँउदा म निकै खुशी छु र मैले उनीहरुलाई दिन सक्ने सबैभन्दा उत्तम उपहार भनेको परिवारको सुस्वास्थ्य र समृद्धि हो ।”

साथै उनले यो लडाईमा विजय हासिल गर्न परिवार, साथीभाई र दर्शकको माया, साथ र सहयोग विन सम्भव नहुने भन्दै सबैलाई माया, आर्शीवादको लागि धन्यवाद दिएका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर