काठमाडौँ । कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।

वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा थियो । कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । बोर्डले निकालेको सूचनाअनुसार परिक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म संचालन हुनेछ ।

परिक्षा शनिबार पनि संचालन हुनेछ । मंसिर ९ गतेबाट शुरु हुने परीक्षा १६ गते सकिनेछ ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने भएको हो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर