काठमाडौँ । देशका विभिन्न स्थानमा छरिएर रहेका फरक-फरक मातृभाषा बोल्ने नेपाल टेलिकमका सेवाग्राहीहरुलाई लक्षित गरी कम्पनीका बारेमा जानकारी प्रदान गरिरहेकाे जानकारी दिएकाे छ ।

यस कार्यका लागि नेपाल टेलिकम र रेडियो नेपालबीच व्यवसायिक सहकार्य जारी रहेको छ । कम्पनीले उपलब्ध गराइरहेका सेवा विस्तृत विवरण विभिन्न भाषाभाषी, जातजाती तथा समुदायसम्म पुर्‍याउने उद्देश्यले तिनै स्थानीय भाषामा कम्पनीले जानकारी प्रदान गरिरहेको हो ।

फरक फरक सन्देशहरु झण्डै डेढ दर्जन भाषामा रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार तथा प्रादेशिक प्रसारण केन्द्रहरु धनकुटा, बर्दिबास, काठमाडौं, पोखरा, दाङ र दिपायल मार्फत प्रसारण भइरहेका छन् ।

राई बान्तवा, लिम्बु, पूर्वेली थारु, मैथिली, भोजपुरी, मगही, तामाङ, शेर्पा, उर्दु, नेपाल (नेवारी), गुरुङ, मगर, अवधि, पश्चिमा थारु, खाम मगर, डोटेली र राना थारु भाषामा विभिन्न सन्देश प्रसारण भइरहेका छन् ।

यी सन्देशमा नेपाल टेलिकमले प्रदान गरेका विभिन्न डाटा र भ्वाइस लगायतका सेवाहरु र तिनको प्रयोग गर्ने तरिका बारेमा जानकारी प्रदान गरिने हुनाले देशभरी छरिएर रहेका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरु लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ ।

नेपाल टेलिकमले हाल अटम अफरको रुपमा विभिन्न प्रकारका भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय