बाँके । सशस्त्र प्रहरी बलको बढैया बिपिओ बर्दियाले सिमानाकामा हुन सक्ने चोरीपैठारी र अपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै भारतिय एसएसबी संग संयुक्त गस्ती सुरु गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमाण्डमा रहेको नम्बर ३० गण हेक्वा बागेश्वरी बाँकेले हप्ताको एक पटक भारतिय सिमा सुरक्षा एसएसबी संग संयुक्त गस्ती गर्ने गरेको हो ।

हामिले सिमानाकामा हुनसक्ने अपराधिक क्रियाकलापलाई निस्तेज पार्न र चाडपर्वको समयमा अबैध रुपमा हुने चोरीपैठारी तथा बिस्फोटक पदार्थको ओसारपसारलाई रोक्न हप्ताको एक पटक एसएसबीसंग नियमित जोइन पेट्रोल गर्दै आएका छौ र दैनिक जसो सिमामा हुने क्रियाकलापको बिषयमा छलफल तथा समन्वय गरेकाे सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

उता बिओपी स्थापना र सशस्त्र प्रहरी बलको बढैया बिओपिले आफ्नो सकृयता देखाए संगै सिमा क्षेत्रमा बस्ने बासिन्दाहरु समेत खुसी भएका छन् । जानकी गाउँपालिका वडा नम्बर एकका स्थानीय तथा समाजसेवी इन्द्र बहादुर थापा सिमानाकामा पहिले जस्तो डराउनु पर्ने र चोरी तथा लुटपाटका घटना सुन्नमा नआएको तथा सिमानाकामा हुने अपराधिक गतिविधि समेत सुन्यमा झरेको बताउछन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर