
बुटवल । नेपाल आयल निगम रुपन्देहीको भलबारीस्थित डिपोभित्र रहेको पेट्रोल ट्याङकरमा आगलागी भएको छ ।
भारतबाट ल्याइएको पेट्रोल डिपोमा चेकजाँच गरेर निस्किने क्रममा गेटमै बिहीबार पौने दुई बजेतिर अकस्मात आगलागी भएको थियो ।
त्रिवेणी कुमार यादवको पेट्रोल भरिएको लु१ख ८१४५ नम्बरको ट्याङकरको क्याबिनमा लागेको आगो निगमको डिपोभित्रै दमकलले नियन्त्रणमा लिएको थियो ।
ट्याङकरमा आगो सल्किएको भए ठूलो क्षति हुन सक्थ्यो तर, डिपोभित्रै रहेको दमकलले तत्काल आगो नियन्त्रणमा लिएको कारण निगमको डिपो सम्भावित ठूलो आगलागी हुनबाट जोगिएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd