पोखरा । अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ( टान ) गण्डकीका सचिव जीवनराज सापकोटाले विश्व प्रसिद्ध अन्नपूर्ण सर्किटलाई उक्त सूचीमा राख्नु पदयात्रा व्यवसायीका लागि सुखद् भएको बताएका छन् । लोन्ली प्लानेटले यस क्षेत्रको विशेषतालाई बाहिर ल्याइदिएको छ ।” यस सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्लापाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले अन्नपूर्णलाई विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्नुले पदायात्रा पर्यटनमा आगामी दिनमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

यस सर्किटमा अन्नपूर्ण क्षेत्रका दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारसँग रमाउन सकिन्छ । जम्मा २१ दिनको फेरोमा घुम्ने बाटोलाई विस्थापित गदै १४ दिनमा झारिएको छ । टानले यस क्षेत्रको पदमार्गको संरक्षणका लागि पर्यटन र नयाँ पदयात्राको गन्तव्यको खोजीलाई समेत ध्यान दिएको छ ।

सापकोटाका अनुसार टानले अन्नपूर्ण चक्रियमार्गको प्रवेशद्वार लमजुङको खुदीबाट मनाङको तालसम्म मनाङ वैकल्पिक पदमार्गको निर्माण गरिएको छ । यसले पर्यटकको ‘लेन्थ अफ स्टे’लाई ६ दिन बढाउने उहाँको विश्वास छ । त्यसैगरी तिलिचो ताल र नार्फू ट्रेकलगायत साइट पदमार्गको प्रवद्र्धनमा टानले पहल गरिरहेको छ ।

गण्डकी प्रदेशमा सञ्चालनमा रहेका पदमार्गहरु ३९ वटा भन्दा बढी छन्, जसमा अन्नपूर्ण रेन्ज अन्तर्गत २९ वटा पर्दछन् भने धौलागिरी सर्किट ट्रेकिङमा ६ वटा छन् । मनास्लु अन्तर्गत ३ र पर्वतको एक भवरकोट पदमार्ग पर्छ ।

टानले प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा दिएको तथ्याङ्क अनुसार अन्नपूर्ण सङ्कटग्रस्त अवस्थामा रहेको भनिएको छ, जसमा दुई दर्जन बढी स्थान प्रवद्र्धनको पर्खाइमा छन् ।

यसैमध्यको अन्नपूर्ण सेरोफेरोमा रोयल ट्रेक ट्रेक सन् १९८० मा वेलायतका राजकुमार चाल्र्सले शुरु गर्नु भएको थियो । सन् २०५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हार्जोकले अन्नपूर्ण हिमाल आरोहण गरेसँगै नेपालमा पर्यटन विकासको थालनी भएको यस क्षेत्रका जनाकारहरु बताउँछन् । गण्डकी प्रदेशमा धौलागिरी, अन्नपूर्ण र मनास्लु गरी तीनवटा हिमाल ८ हजार मिटर अग्ला छन् ।

लोन्ली प्लानेट संसारकै विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी हो । यस साइटले अन्नपूर्ण सर्किटलाई स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजस्तुलाई नजिकबाट नियाल्न सकिने विशेषतालाई समावेश गर्दै साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने उल्लेख गरेको छ । साइटको सूचीको पहिलो नम्बरमा जोर्डनको पेट्रासिटीलाई राखिएको छ । रासस

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय