इलाम । नेपाल-भारत सीमा क्षेत्रको छब्बीसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।
जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर ४ को सीमावर्ती मेची बजारमा एक कार्यक्रमका बिच शुक्रबार सशस्त्र प्रहरीको १७३ औं बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो ।

नेपाल भारत सीमा क्षेत्रका विभिन्न गतिविधि हुँने यी क्षेत्रमा सीमा सुरक्षासँगै अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बीओपी स्थापना गरिएको बताइएकोे छ । सीमा सुरक्षाको लागि मात्र नभई स्थानीय सरकारले समेत चासो दिनुपर्ने जिल्ला प्रशाषन कार्यलयको भनाइ छ ।

भारततर्फ सीमा क्षेत्रमा प्रत्येक तीन/तीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्प स्थापना गरिएएको भए पनि नेपाल तर्फको सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति नहुँदा नेपाली भूँमी अतिक्रमण बढनुका साथै बन्यजन्तुको समेत चोरी निकासी हुँदै आएको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय