काठमाडौँ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ९ जना सचिवलाई विभिन्न मन्त्रालयमा सरुवा गरेको हो ।

नयाँ मन्त्रीको सपथग्रहण भएकै दिन सरकारले सचिवहरको सरुवा गरेको स्रोतले जानकारी दियो । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव कोइरालालाई संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

सामान्यका सचिव सूर्यप्रसाद गौतम युवा तथा खेलकुद मन्त्रालय, खेलकुदका सचिव रामप्रसाद थपलिया सार्वजनिक खरिद अनुगमन कार्यालय, उर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की उर्जा आयोग, सिञ्चाई सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालय, सचिव केदार न्यौपाने उपराष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराल प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

साथै सरकारले काठमाडाैं महानगरका सचिव एकनारायण अर्याललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर