
झापा । माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ ।
मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् । शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए ।
उद्धार गरिएका उनीहरुले आफूहरु वैदेशिक रोजगारीका लागि जान लागेको बताएका छन् । हाल माइती नेपालको पुनर्स्थापना गृहमा राखिएका उनीहरुलाई अनुसन्धान सकिएपछि अभिभावकको जिम्मा लगाइने घिमिरेले जानकारी दिए ।
कोरोना कहर र बडादसैंका बेला पनि मानव तस्करको गिरोहले नेपाली महिलालाई वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा विदेश लैजाने गतिविधि गरिरहेको यो घटनाले देखाएको छ । रासस
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd