
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा स्पेनिस क्लब बार्सिलोनाले शानदार शुरुवात गरेको छ ।
बार्सिलोनाले गएराती सम्पन्न खेलमा हंगेरीयन क्लब फेरेन्सभारोसलाई ५९१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा लियोनेल मेसी, अन्सु फाती, फिलिप कोटीन्हो, पेड्री र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए ।
२५ बर्षपछि पहिलो पटक च्याम्पियन्स लिगमा खेलिरहेको फेरेन्सभारोसका लागि इहोर खाराटिनले एक गोल पेनाल्टी मार्फत गरेका थिए ।बार्सिलोनाका जेरार्ड पिकेले खेलको ६८औ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
यस खेलमा मेसीले २७ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै च्याम्पियन्स लिगमा लगातार १६ औ सिजनमा गोल गरेर नयाँ किर्तिमान बनाएका छन् । यो जितपछि समुह जीमा बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गरे भने यसै समुहमा रहेको युभेन्टसले पनि गएराती जित हासिल गरेको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd