हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाले सेवा बन्द गरेको छ ।
कात्तिक २ गते स्वास्थ्य र सुरक्षाकर्मी गरी १७ जनाको स्वाब संकलन गरे पछि मंगलबार दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखाएको छ ।
तीमध्ये एक महिला स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसूतिबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिए ।
अस्पतालका सूचना अधिकारीका अनुसार अग्रपंतिमा खटिने स्वास्थ्य र सुरक्षाकर्मीको कोरोना आशंकामा परीक्षण गर्दा एक स्वास्थ्यकर्मीसहित अर्का एक नागरिकमा कोरोना पोजेटिभ देखिएका हो ।
स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अन्यको खोजी गरी कोरोना परीक्षण गर्नुपर्ने भएकाले अस्पताल बन्द गरिएको जनाइएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd