बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत हवल्दार शिवचन्द्र सहानीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ४ लाख घुससहित पक्राउ गरेको छ।

हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाउन सहयोग गरेवापत उनले घुस लिएको बताइएको छ । उनलाई शुक्रबार दिउँसो अख्तियारले पक्राउ हो ।

रुपन्देहीको सियारी–७ स्थित खनाल मिठाई पसलबाट हवल्दार सहानी र उनकी श्रीमती निर्मला केवटलाई अख्तियारले नियन्त्रणमा लिएको अख्तियार बुटवलले जनाएको छ ।

पक्राउ परेकामाथि थप अनुसनधान भइरहेको अख्तियार बुटवलले जनाएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय