फुङलिङ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाड परियोजनामार्फत ताप्लेजुङको दुर्गम गाउँमा वित्तीय संस्था पुग्न थालेकाले साहूबाट चर्को ब्यजदरमा ऋण लिने चलन अहिले हट्ने भएको छ ।

विसं २०६१ मंसिर महिनामा विवाहका लागि ३६ प्रतिशत ब्याजदरमा साहूबाट ६० हजार ऋण लिएका बिर्खबहदुर लिम्बूले तिर्न नसक्दा विदेशीनु प¥यो । तिरैतो खेती गर्न साहूबाट त्यत्तीकै व्याजदरमा रू चार लाख ऋण लिएका केरसिंङ लिम्बूलाई ऋण चुक्ता गर्न तीन वर्ष लाग्यो ।

केही वर्ष अघिसम्म घर खर्च चलाउन साहू–माहाजनकहाँ रक्सी, मासुलगायत कासेली बोकेर चर्को व्याजदरमा ऋण माग्न जानुपथ्र्यो । बैंक तथा वित्तीय संस्थामा पहुँच पुग्ने ती साहू–महाजनले त्यहीबाट सस्तो ब्याजदरमा ऋण लिएर गाउँमा चर्को ब्याजदरमा ऋण दिलाउने गरेकोे फक्तुङलुङ गाउँपालिका–६ का श्याम लिम्बूले बताए ।

साहूले ऋण दिएपछि तिनको गुलामी बन्नु पर्ने र उनीहरूलाई चित नबुझे प्रहरी प्रसाशन लगाएर दुःखसमेत दिने प्रचलन अहिले हटदै गएको उनको भनाइ थियोे । ती दुबै संस्थाले फक्ताङलुङ र सिरिजंघा गाउँपालिकालाई कार्यक्षेत्र बनाएर विगत छ वर्षदेखि हिमाली गाउँ बस्तीहरूमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले विभिन्न चार सहकारीमार्फत सुलभ व्याजदरमा कर्जा प्रवाह गरी आय आर्जनका काममा लगाएर बचतसमेत गर्ने बानीको विकास गर्दै आएको उक्त परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चङसुले बताए ।

यसरी सञ्चलित सहकारीमध्ये फक्ताङलुङ गाउँपालिका ५ तापेथोकस्थित तागेरा बचत तथा ऋण सहकारी संस्थामा २४३ महिला २१५ गरी ४५८ सदस्य, सोही गाउँपालिकाको वडा नं ६ स्थित संरक्षण बचत तथा ऋण सहकारीमा २०६ महिला २३२ परूषसहित ४३८ सदस्य र वडा नं ७ स्थित बालुङ बचत तथा ऋण सहकारीमा ५१ महिला ५३ पुरूष गरी जम्मा १०४ सदस्य रहेका छन् ।

सिरिजङघा गाउँपालिकाको वडा नं. ७ स्थित यालुखाङ बहुउदेश्यीय सहकारीमा ८० महिला र ८० पुरूष गरी १६० सदस्य रहेका छन् । ती सहकारीले ऋण प्रवाह गर्नाका साथै बचत गर्ने बानीको विकास र व्यापार व्यवसाय संञ्चालनका लागि उत्प्रेरित गर्दै आइरहेका छन् ।

बित्तीय पहुँचबाट टाढा रहेका दुर्गम तथा हिमाली क्षेत्रमा बसोबास गर्ने ती समुदायको जिविकोपार्जन, दिगो विकास र अन्य आर्थिक कृयाकलापमा टेवा पु¥याउनका लागि सहकारीमार्फत कार्यक्रम संञ्चालन गर्दै आएको कार्यक्रम संयोजक चङसुले बताए ।

अहिले सहकारीबाट ऋण लिएर युवाहरूले कुखुरा फर्म, कृषी फर्म तथा काठ काटने उपकरण खरिदलगायतका व्यपार व्यवसाय गर्दैआएको स्थनीय कुशल लिम्बूले जानकारी दिए ।रासस

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय