तस्बिर : केशव थापा

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेस्थित चोकको एउटा घरमा बिहीबार दिउँसो ग्यास सिलिन्डर पड्किँदा ११ जना घाइते भएका छन् ।

स्थानीय निरकुमारी क्षेत्रीको चारतले घरमा एलपीजी ग्यास सिलिन्डर लिक भई विस्फोट हुँदा ११ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

घाइतेहरुको मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको छ । ग्यास विस्फोटपछि आगलागी भएको थियो । प्रहरी र दमकलले आगो निभाइसकेको छ । विस्फोटबाट घरका झ्यालढोकामा रहेका सिसाहरु फुटेका छन् क्षेतिको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । श्रोत: कान्तिपुर

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर