पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारको सुरक्षा संबेदनशिल क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ ।

चार बर्ष अघि देखि बिग्रेका क्यामरा मर्मत गरि सिसिटिभी सञ्चालनमा ल्याइएको हो । कुश्मा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले क्यामरा मर्मत गरि सञ्चालनमा ल्याएका हुन ।

कुश्मामा २० वटा संवेदनशील ठाउँमा क्यामरा जडान गरिएको छ । कुश्माका मुख्यचोक, बजार क्षेत्र, लामा र अग्ला पुल, बञ्जीजम्प लगायतका ठाउँमा क्यामरा जडान गरिएको छ । यस अघि राखिएका मध्ये ५ वटा क्यामरा मर्मत गरि पूनः सञ्चालन गरिएको छ भने १५ वटा क्यामरा कुश्मा नगरपालिकाको सहयोगमा राखिएको छ ।

पहिलो चरणमा २० वटा राखिएपनि बजार क्षेत्रलाई केन्द्रित गरेर ब्यबसायिक प्रतिष्ठानको सहकार्यमा थप क्यामरा जडान गर्ने लक्ष्य राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक बिश्व अधिकारीले बताएका छन । क्यामरा पूनः सञ्चालनका लागि नगरपालिकाले ५ लाख सहयोग गरेको छ । ‘अपराधिक क्रियाकलाप रोक्नका लागि यो प्रबिधी सबैभन्दा उपयोगी छ ।’

नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बजारमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरी संगको सहकार्यमा सिसिटभी क्यामरा मर्मत गरि पून: सञ्चालन गरिएको बताएका छन । उनले ‘जनशक्ति समेत कम लाग्ने भएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई पनि ठुलो सहयोग पुग्छ ।’ तर मर्मतको अभाबमा एक बर्षपछि नै सबै क्यामराहरु बिग्रेका थिए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय