
अर्जेन्टिनाले १५ वर्ष पछि बोलिभियालाई उसैको मैदानमा हराएको छ ।
२००५ मा अर्जेन्टिनाले बोलिभियालाई हराएपछि उसको मैदानमा जित हात पारेको थिएन । बुधबार बिहान ला पाजमा भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हराएको छ ।
फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो खेलमा जित हात पार्ने क्रममा बोलिभियालाई पाखा लगाएको हो । अर्जेन्टिनाले खेलमा पछि परेको अवस्था उल्टाउँदै जित निकाल्न सफल भएको हो ।
खेलको २४ मिनेटमा घरेलु टिम बोलिभियाले खेलमा अग्रता लिएको थियो । बोलिभियाका लागि मार्टिन्सले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्काउन सफल भयो ।
उसका लागि मार्टिनेजले ४५ मिनेटमा बराबरी गोल गरे । दोस्रो हाफमा मैदान छिरेका एन्जल कोरेराले ७९ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनलाई गोल गर्न मार्टिनेजले पास उपलब्ध गराए ।
मैदान ३ हजार ६ सय मिटर उचाइमा रहेको छ । यसमैदानमा अन्तिम पटक खेल्ने क्रममा अर्जेन्टिनी खेलाडीलाई अक्सिजन उपलब्ध गराउनु परेको थियो । जितपछि अर्जेन्टिनाका कप्तान मेस्सीले लेखेका छन्, ‘विश्वको सर्वाधिक कठिन मैदानमा जित हात पार्दा खुसी छौँ ।’ जितसँगै अर्जेन्टिना सुरुवाती दुई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । एजेन्सी
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2021: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd