काठमाडौँ । नेपाल सरकारले आगामी ७ कार्तिकसम्म विदेशी च्यानल क्लिन फिड ( विज्ञापनमुक्त ) हुनैपर्ने बताएको छ ।

विदेशी टेलिभिजन च्यानललाई ‘विज्ञापन नियमन गर्ने व्यवस्था गर्न बनेको ऐन २०७६’ लाई कार्तिक ७ गतेसम्म क्लिन फिड हुन पर्छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको ध्यानाकर्षण भएको जनाएको छ ।

त्यसो नभएमा कानूनअ बमोजिम हुने मन्त्रालयले बताएको छ। कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । २०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।

ऐनमा भनिएको छ । ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभत्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय