
जापानमा आयोजना हुने टोकियो ओलम्पिक रुसी ह्याकरहरुको निशानामा परेको छ। बेलायतका अधिकारीहरुले टोकियो ओलम्पिक रुसी ह्याकरको निशानामा परेको बताएका छन् ।
बेलायती अधिकारीले टोकियो ओलम्पिक २०२१ मा सर्नु अघि रुसी ह्याकरको निशानामा परेको बताएका हुन् । कोरोना भाईरसको कारण टोकियो ओलम्पिक एक वर्ष सारिएको थियो । प्रतियोगितालाई बाधा पुर्र्याउने उदेश्यले रुसी ह्याकरले हमला गरेको अधिकारीले बताएका छन् । बेलायतको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू सैन्य गुप्तचरले ‘आफ्नो प्रभाव बाहिरका अधिकारी र सङ्गठनविरूद्ध’ साइबर आक्रमण गरेको जनाएको छ ।
तर, त्यो साइबर आक्रमणको प्रकृति र तहबारे विस्तृत रूपमा खुलाईएको छैन । ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुने जसमा फुटबल र बेसबल रहेको छ। औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ । एजेन्सी
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd