
काठमाडौँ । सरकारले विदेशी मदिराको आयातमा लागेको प्रतिबन्ध हटाएको छ ।
मन्त्रिपरिषद्को बैठकले विदेशबाट ल्याउने विदेशी मदिराको आयातमा लगाएको प्रतिबन्ध हटाएको जानकारी सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।
सरकारले गत चैतमा लकडाउन लगाएसँगै विदेशी विनिमय सन्चितीमा असर गर्ने भन्दै विदेशबाट आउने मदिरा आयातमा प्रतिबन्ध लगाएको थियो । यस्तै ५० हजार अमेरिकी डलरभन्दा माथिको गाडीको आयातमा लागेको प्रतिबन्ध समेत लगाएको थियो । सो प्रतिबन्ध भने व्यक्तिगत तर्फ कायम नै राखेको छ ।
नेपालमा प्रमुख रुपमा विदशी मदिराको आयात व्यवसायिक घराना विशाल ग्रुपले गर्छ । उ अन्तर्गत जोनी वाकर ब्राण्डका मदिरा रहेका छन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2021: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd