
काठमाडौँ । हिन्दुहरुको महानचाड दशैंको विषेशता राम्रो लगाउने र मिठो खान, ठुलाबडासँग आशिर्वादसँगै दक्षिणामा नयाँ नोट प्रमुख हाे ।
राष्ट्र बैंकले प्रत्येक वर्षको दशैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो । तर यो वर्षको यसपालीको दशैंमा नयाँ नोट नपाइने भएको छ ।
कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको हुँदा अघिल्ला वर्षहरुमा झैं राष्ट्र बैंकले दशैंको लागि नयाँ नोट निष्काशन नगर्ने भएको हो ।
यसअघिका दशैंमा राष्ट्र बैंकले प्रतिव्यक्ति तथा संस्था तोकेर दशैंलाई लक्षित गरी नयाँ नोट वितरण गर्ने गरेको थियो ।
राष्ट्र बैंकले गत वर्षबाट दशैं बाहेक पनि नयाँ नोट आवश्यक पर्नेलाई बैंकमार्फत् वितरण गरिरहेको छ । दशैंमा नोट आवश्यक पर्नेले अहिलेबाटै सम्बन्धित बैंकबाट सुरक्षित तबरले लिनसक्ने उनले जानकारी दिए । गत वर्षको दशैंमा मात्र राष्ट्र बैंकले करिब ६० अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो । हाल ५ खर्ब ९२ अर्ब रुपैयाँ नोट सर्कुलरमा रहेका छन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2021: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd