
पर्वत । कोरोना संक्रमण पुष्टि भएकी पर्वतकी एक महिलाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका स्थायी घर भई पर्वतमा बस्दै आएकी ४८ वर्षिया महिलाको आइतबार साँझ ७ बजे कुश्मा नगरपालिका – ५ मा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएकोमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले होम आइसोलेशनमा बस्न सिफारीस गर्दै डिस्चार्ज गरेपछि कार्तिक २ गते आइतबार पर्वत पुगेकी महिलाको सोहिदिन निधन भएको हो ।
हस्पिटलको सिफारिस पछि उनी भाडाको ट्याक्सी प्रयोग गरेर पर्वत पुगेकी हुन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd