काठमाडौँ । प्रहरी प्रधान कार्यालयले फिल्म तथा टेलिश्रृङ्खा लगायतमा पोसाकको दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

पछिल्लो समय सर्टमुभी, प्रयांक भिडियो, म्युजिक भिडियोका साथै टिकटक भिडियोमा समेत प्रहरीको पोशाकको प्रयोग भएपछि प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी कारबाहीको जानकारी दिएको हो ।

प्रहरी पोसाकको प्रयोग गर्नुअगाडि प्रहरी प्रधान कार्यलय नक्सालस्थित जनसम्पर्क तथा प्रचार-प्रचार इकाईमा प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान पूरा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्वीकृति नलिई नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र दज्यार्नी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्नसमेत आह्वान गरेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय