काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिए ।

आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको हो ।

यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।

त्यस्तै मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय