दाङ । दाङ प्रहरीले एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना घोराही दाङका र एक जना बुटवलका छन् ।

उनीहरूलाई प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार मध्यान्ह दाङको लमही अमिलिया बजार क्षेत्रबाट पक्राउ गरेको हो ।

यो दाङ र बाँकेको सीमाना जोडिएको पूर्व पश्चिम राजमार्ग क्षेत्र हो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले विशेष सूचनाका आधारमा जुत्तामा लुकाएर ल्याउँदै गरेको सुन जस्तो पहेंलो धातुसहित उनीहरूलाई पक्राउ गरिएको बताए ।

‘बिस्कुट जस्तै बनाएर जुत्तामुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा ५÷५ सय ग्रामको सुन जस्तै देखिने धातु प्रहरीले उनीहरूबाट बरामद गर्न सफल भएको छ,’ डिएसपी खड्काले भने, ‘अहिले म बाटोमा छु । कार्यालय फर्किएपछि विस्तृत जानकारी दिनेछौं ।’

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय