सप्तरी । कर्तव्य ज्यान मुद्दामा अदालतबाट ३ बर्षको कैद सजाय पाएर फरार लाई ११ बर्षपछि आज सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

कर्तब्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालत र सर्वोच्च अदालतबाट ३ बर्ष कैद सजाय पाई फरार सप्तरीको साबिक डाढा गाबिस ६ हाल महादेवा गाउँपालिका ४ निवासी ४८ बर्षीय चन्दर राम चमारलाई पक्राउ गरेको हो ।

खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले चमारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सर्बाेच्च अदालतले गत २०६६ भदौ ८ गते कर्तव्य ज्यान मुद्दामा चमारलाई ३ बर्ष कैद सजायको फैसला गरेको थियो । यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीबाट फरार अभियुक्तहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत हालसम्म १९४ जना ब्यक्तीहरुलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा बुझाएको जनाएको छ ।

यस्तै बोक्सीको आरोपमा एक महिलालाई कुटपिट गरी फरार रहेक सिरहाको नवराजपुर गाउँपालिका ५ निवासी २० वर्षीय सन्तोष यादवलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रनजिक सिरहाको ठाडीमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गत २७ भदौ नवराजपुर गाउँपालिका ५ निवासी मूर्तिदेवी यादवलाई राति ११ बजे घरबाट बोलाएर बोक्सीको आरोपमा ८ जनाको समूहले कुटपिट गरेका थिए । पीडित महिलाका पति रामनारायण यादवले स्थानीय कृष्ण यादव, धर्मनाथ यादव र सन्तोष यादव लगायत ८ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर