काठमाडौँ । ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा पुरूष पक्राउ परेका छन् ।

राजधानीबाट एक ४३ वर्षीय पुरुष पक्राउ परेका छन । पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका -४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक भएको जानकारी प्रहरीले दिएको छ ।

बुधबार दिउँसो करिब पौने ४ बजे काठमाडौं महानगरपालिका ३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास भइरहेको स्थानियले देखेका थिए । स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएक थिए ।

बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका थिए । बलात्कारको प्रयास हो की के हो यकिनका साथ भन्न सकिएको छैन । ती पुरूषले प्रयासमात्रै गरेको भनेको छ,एसपी राठौरले भने,बालिकालाई मेडिकल गर्न पठाइएको छ । त्यसको रिपोर्ट आएपछिमात्रै थाहा हुन्छ ।  ती बालिका सोही स्थानको भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय