मुम्बई उच्च अदालतले बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु तथा लागुऔषध खरिद/बिक्रीमा अनुसन्धानका लागि हिरासतमा रहेकी अभिनेत्री रिया चक्रवर्तीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतले रिया धरौटीमा रिहा हुन सक्ने आदेश बुधबार गरेको हो । तर अदालतले रियाका भाइ शौविक चक्रवर्तीको जमानत अपिल भने खारेज गरेको छ । यसअघि मंगलबार विशेष अदालतले नार्कोटिक्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्टका अनुसार रिया चक्रवर्तीको न्यायीक हिरासतको समय अक्टुबर २० सम्म बढाएको थियो ।

उनीहरुलाई सुशान्त मृत्यु प्रकरणमा कथित लागूऔषधको विषयमा लागुऔषध नियन्त्रण ब्यूरोले गिरफ्तार गरेको थियो। तर अदालतले ग्रेटर मुम्बईभन्दा बाहिर जानका लागि रियाले अनुसन्धान अधिकृतलाई जानकारी दिनुपर्ने शर्त भने राखेको छ ।

अदालतले उनलाई आफ्नो पासपोर्ट बुझाउन भनेको छ । देशबाहिर जानुपरेमा अदालतको आदेश लिनुपर्ने अदातलको आदेशमा उल्लेख छ ।

अदालतले सुशान्तको घरमा काम गर्ने स्यामुअल मिरान्डा र दिपेश सावन्तलाई पनि जमानतमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशपछि उनीहरु आजै रिहा हुन सक्ने छन् । अनुसन्धान चलिरहँदा रियाले उच्च न्यायलयमा धरौटीमा लागि निवेदन दिएकी थिइन् । पहिलो र दोस्रो पटक म्याद थप गर्दा न्यायलयले धरौटीको माग अस्वीकार गरेको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय