बलिउड सुपरस्टार सलमान खानको ‘राधे’को सुटिङ पुनः सुरू गरिएको छ ।

कोरोना कहरकाबिच गरिएको लामो लकडाउन साढे ६ महिनासम्म कुरेको निर्माण यूनिटले अब भने नकुर्ने निर्णय गर्दै चलचित्रको सुटिगं सुरु गरेको हो । आफ्नो इन्स्टाग्राम एकाउन्टमा राधेको एक फोटो पोस्ट गर्दै गर्दै सलमानले आफू सुटिङमा फर्किएको आफ्ना फ्यानहरुलाई जानकारी दिएका छन् ।

लकडाउनको समयमा आफ्नो फार्म हाउसमा साथी र परिवारसँग बसेका उनले प्यार करोना तथा भाइ भाइ लगायतका गीतहरू रिलिज गरे जसले यूट्यूबमा चर्चा समेत पाए ।

प्रभुदेवाको निर्देशनमा बनिरहेको राधेमा सलमानका अलवा दिशा पटानी, टाइगर श्राफ तथा रणवीर होड्डाको प्रमुख अभिनय रहनेछ । एजेन्सी

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय