
काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरस संक्रमण भएको छ ।
आचार्यले सामाजिक सञ्जालमार्फत आफु र पत्नी रमिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका हुन् ।
कोरोनाको सामान्य लक्षण देखिएपछि हिजो पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् ।
त्यस्तै उनले आफुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र आफुहरुको सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
साथै जनस्वास्थ्यका मापदण्ड सबैलाई अनिवार्य पालना गर्न पनि अनुरोध गरेका छन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2021: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd