काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सोमबार प्रदेश ५ को प्रदेशसभामा भएको कुर्सी तोडफोडलाई लिएर टिप्पणी गरेका छन् ।

उनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत भएको बताएका हुन् । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका रहेको बताउदै संसद थापाले उक्त तरिका संसदभित्र पूर्णत अवाञ्छनीय रहेको बताएका छन् ।

उनले यस घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । उनले अन्तिममा आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझ्नुपर्ने बताएका छन् ।

प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ । नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो । आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ । उनले भने

प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ । संसदमा आफ्नो फरक मत राख्ने र…

Gepostet von Gagan Thapa am Montag, 5. Oktober 2020

सोमबार प्रदेश ५ को प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी र नामाकरण गर्ने कार्यसूची थियो । प्रदेशको राजधानी दाङको भालुवाङलाई बनाउन र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव पेश गरिने भएपछि सांसदहरुले विरोध गर्दै कुर्सी तोडफोड गरेका थिए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय