काजुको सेवन हाम्रो शरीरलाई निकै फाइदाकर हुन्छ । काजुमा मोनो स्याचुरेटेड फ्याट हुन्छ, जसले मुटुलाई स्वस्थ राख्छ र मुटुरोग लाग्ने सम्भावना कम हुन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।

काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् ।

यस्ता छन काजुको सेवनको फाइदाहरु :

१. काजुको नियमितसेवनले कपाल झर्नबाट रोक्छ ।

२. कजुमा सोडियम कम र पोटासियम बढी हुन्छ, जसले रक्तचाप पनि कम गर्छ ।

३. काजुमा रहेको एन्टी अक्सिडेन्ट, जस्तै, भिटामिन इ र सेलनियमन जस्तो तत्व भएकाले क्यान्सरबाट बचाउन मदत गर्दछ ।

४. काजुको नियमित सेवनले डिप्रेसनबाट बचाउछ ।

५. नियमित बिहानै खालीपेटमा महका साथ काजु खानाले स्मरणशक्ति चाँडै बढ्छ ।

६. काजु नियमित खानाले शरीरमा युरिक एसिड हुन दिँदैन ।

७. काजु नियमित सेवनले शरीरमा इन्सुलिनको मात्रा बढ्छ डायबेटिज नियन्त्रण गर्छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर