काठमाडौँ । सोमबार प्रदेशको स्थायी राजधानीका विषयमा प्रदेश सरकारले पेश गरेको प्रस्तावमाथि छलफल हुँदा प्रदेश नम्बर ५ को प्रदेश सभामा अप्रिय घटना भयो ।

प्रदेश सरकारका मन्त्री कुलप्रसाद केसी संसदको रोष्टममा सरकारको प्रस्ताव गर्न जाँदै गर्दा काँग्रेस विधायकहरुले एकाएक कुर्सी तोडफोड शुरु गरे । उनीहरुले कुर्सीमात्र तोडफोड गरेनन् माइक पनि भाँचिदिए ।

काँग्रेस विधायकहरुको यो चर्तिकला प्रदेशसभाको यूट्युब च्यालनबाट लाइभ प्रशारण भइरहेको थियो । अहिले सो कुर्सी तोडफोडको फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा आलोचनासहित सो फुटेज शेयर गर्नेहरुको संख्या ह्वात्तै बढेको छ ।

सबै तप्तकाबाट काँग्रेस विधायकहरुको आलोचना भएको छ । कतिपयहरुले काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई मेन्सन गर्दै यी विधायकहरुलाई कारबाही गर्न चुनौतिसमेत दिएका छन् ।

त्यसपछि रोष्टममा उभिएका मन्त्री केसीले मर्यादापालकलाई आदेश दिए, ‘यी हल्ला गर्नेहरुलाई घिसारेरै बाहिर निकाल ।’ त्यस क्रममा मर्यादापालकहरु रोस्टममा मन्त्रीमाथि हुनसक्ने सम्भावित आक्रमण रोक्न बसेका थिए । बैठक भोलि मंगलबार बस्ने गरि स्थगित भएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय