काठमाडौँ । नेपालमा सोमबार देशभर २ हजार ४४० जना कोरोनाका संक्रमित थपिएका छन् । कोरोनाबाट संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६५ हजार २०२ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार १३३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ ।

गत २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ । गत २४ घण्टामा १३ हजार ७८१ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यस्तै ४ हजार ३३ जना क्वारेन्टिनमा रहेका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय