बुटवल । प्रदेश ५ को प्रदेश सभा बैठकमा सोमबार तोडफोड भएको छ। आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेशको नामकरण र स्थायी राजधानीबारे छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि प्रतिपक्षी कांग्रेसलगयतका सांसदहरु तोडफोडमा उत्रिएका हुन् ।

प्रतिपक्षी सांसदहरुले सदनका कुर्सी र टेबुलमा तोडफोड गरेका थिए । त्यसपछि पनि रोष्टम घेराऊ गरेर सभामुखले बैठकलाई जारी राखेका छन् । प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गरी सभामा पेस गरेको हो ।

नामका विषयमा कसैले विमति नजनाए पनि राजधानीका विषयमा कांग्रेसलगायतका दलले तीव्र असन्तुष्टि जनाएका छन् । उनीहरूको माग प्रदेश राजधानी बुटवलमै हुनुपर्छ भन्ने छ ।

सत्तारुढ नेकपाले भने भालुवाङका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । यस्तै दलले पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई पनि विशेष निर्देशन ( ह्विप ) जारी गरिसकेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय