काठमाडौँ । चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ निषेधाज्ञा खुकुलो भएसँगै पुनः सुरू हुने भएको छ ।

कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण सरकारी लकडाउनसँगै स्थगित भएको थियो ।

लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृ‌ंखलालाई सिजन-२ भनिएको छ । पहिलो सिजनभन्दा फरक स्वाद दिन कमेडी क्लबमा केही हेरफेर गरिएको जितुले बताए ।

नयाँ सिजनसँगै निर्देशक दीपाश्री निरौलालाई अध्यक्षबाट हटाइएको छ । अब दीपाको ठाउँमा नायिका करिश्मा मानन्धर देखिने छिन् । सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८ः४५ मा प्रसारण हुनेछ ।

जितुका अनुसार नयाँ सिजनमा करिश्मा बाहेक खड्गबहादुर पुन मगर पनि देखिने छन् । नयाँ सिजनमा केही नयाँ कलाकारसँगै सेटअप पनि नयाँ देखिनेछ । पहिला टुरिजम बोर्डको साँघुरो कोठामा छायांकन हुने सो यस पटक भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन हुनेछ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय