काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू जहाँ हो त्यहि बसेर दशैँ मनाउनको लागि आग्रह गरेको छ ।

नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम कम गर्न जहाँ छौँ त्यहि बसेर दशैँ मनाउने व्यवस्था गर्नको लागि समन्वय गर्नका लागि सन्देश प्रवाह गर्ने भन्ने निर्णय भएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थिती तथा स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको इन्सिडेण्ट कमाण्ड सिस्टमका पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तै सबै किसिमका गोष्टी, सेमिनार तथा बैठकहरु नगर्ने र नगराउने व्यवस्था गर्ने निर्णय भएको समेत उनले बताए ।

साथै जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्नेहरुलाई दण्ड जरिवाना गर्ने गरी जरिवानाको दररेट निर्धारण गरी स्वीकृतीको लागि प्रस्ताव पेश गर्न लागिएको पनि उनले बताएका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय