बलिउड अभिनेत्री प्रियंका चोपडाको पहिलो संस्करणको किताब ‘अनफिनिस्ड’ रिलिज भएको छ ।

अभिनेत्री चोपडाको यो किताब रिलिज भएको १२ घण्टामा अमेरिकामा नम्बर एक स्थानमा पुगेको छ ।

अमेरिकन गायक निक जोनसँग विवाह गरेपछि अमेरिकामै बस्ने गरेकी अभिनेत्री प्रियंकालाई बलिउडमा देशी गर्ल भनेर चिनिन्छ भने हलिउडमा समेत उनले आफ्नो पहिचान बनाएकी छिन् ।

आफ्नो पहिलो संस्करण किताब रिलिज भएको १२ घण्टामा नै नम्बर एक बनाइदिएकोमा सबैलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

उनले ट्वीटर मार्फत सबैलाई धन्यवाद दिएकी हुन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय