काठमाडौँ । पछिल्लो २४ घण्टामा २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८४५७० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २०४४ जना निको भएका छन् । हालसम्म ६२७४० कोरोना संक्रमित निको भइसकेका छन् । यो ७४।१ प्रतिशत हो ।

हाल मुलुकमा २१३०२ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यसमध्ये ९७७३ जना संस्थागत र ११५२९ जना होम आइसोलेसनमा रहेका छन्।

आज १२९७८ वटा पीसीआर परीक्षण गरिएको छ। हालसम्म कुल १०६१६६४ वटा पीसीआर परीक्षण भएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय