बागलुङ ।  गलकोट नगरपालिका–६ मा व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहितभलिबल प्रशिक्षण केन्द्र खुलेको छ ।

केन्द्रकाअध्यक्ष याम श्रीसले शुक्रबारदेखि प्रशिक्षण शुरु गरिएको जानकारी दिए । प्रशिक्षणमा ५५ युवक र १३ युवती सहभागी छन् । दैनिक दुई चरण बिहान र बेलुका प्रशिक्षण चल्ने छ ।

भलिबलका ‘लेभल’ एक प्रशिक्षक उदयबम मल्लले प्रशिक्षण दिनेछन् । ‘स्वच्छ खेल, समृद्ध भलिबल हाम्रो नारा, स्वच्छ नगर निर्माणमा हाम्रो अभिभारा’ भन्ने आदर्श वाक्यसहित प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको हो।

खेलकूद सामग्री खरिदका लागि गलकोट नगरपालिकाले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । “गलकोटमा भलिबलको आफ्नै विरासत छ, त्यसलाई जोगाउँदै नयाँ पुस्ताका खेलाडी जन्माउनुछ”, अध्यक्ष श्रीसले भने ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय