बागलुङ । ढोरपाटनका बाढी प्रभावितको राहतका लागि एकद्वार प्रणाली अनुसार हालसम्म रु एक करोड ६५ लाख सहयोग जुटेको छ । राहत वितरणका लागि ढोरपाटन नगरपालिकाले कोष स्थापना गरेको थियो ।

कोषको रकम बाढी प्रभावित परिवारको घर पुनःनिर्माणमा खर्च गर्ने नगरपालिकाको योजना छ । सहयोग आउने क्रम जारी नै रहेको नगरप्रमुख देवकुमार नेपालीले बताए ।

“राहत कोषमा जम्मा भएको रकमले दाताकै नाममा घर बनाइदिन्छौँ”, उनले भने, “सङ्घ र प्रदेश सरकारबाट पनि सहयोगको प्रतिबद्धता आएको छ, अपुग भएमा नगरपालिकाले बजेट थप्छ ।”

उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी गलकोट समाज जापानमार्फत रु। २७ लाख ८० हजार सहयोग प्राप्त भएको छ । यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बागलुङले पनि रु। १९ लाख राहत रकम प्रदान गरेको थियो ।

बिहीबार मात्र प्रभु बैङ्कले रु। पाँच लाख सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय