बुटवल । प्रदेश पाँचको प्रदेश स्थायी राजधानी र नामाकरण सम्वन्धी प्रस्ताव आज प्रदेश पेश  भएको छ ।

प्रदेश पाँचमा प्रदेशको राजधानी र नामाकरणको विषय पेचिलो बनिरहेको अवस्थामा सरकारले आज संसदमा यस विषयलाई लैजान लागेको छ । पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउने प्रस्ताव मन्त्रिपरिषद्को छ ।

आज प्रदेश सभाको बैठकमा प्रदेशको स्थायी राजधानी र नामाकरण सम्वन्धी प्रस्ताव प्रदेश सभामा पेश गरेका छन ।

प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय