काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले डिजेल र मट्टितेलको मूल्य एक-एक रुपैयाँले घटाएको हो । योसँगै डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ९० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको छ ।

नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ । पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय