
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।
सभामुख घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव ध्रुव विक्रम वलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
घर्तीलाई रुघाखोकी लागेपछि लुम्बिनी प्रादेशिक अस्पतालको इमरजेन्सी एक्सपर्ट मेसिनमार्फत गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हो ।
हाल उनी होम आइसोलेसनमै रहेका छन् । उनको स्वास्थ्य पनि अहिले सामान्य रहेको जनाइएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd