
काठमाडौँ । रामेछाप सुनापति गाउँपालिका -२ दिमीपोखरी निवासी शान्ति खड्का पन्थ बिगत ८ महिनादेखि थला परेर ओछ्यानमै छिन् । श्रम गरेर खानुपर्ने पन्थको ब्रेन ट्यूमर भएपछि सात महिनाअघि नै अप्रेसन गरिएको थियो । एकातिर आर्थिक अभाव अर्कोतिर कोरोना महामारीको त्रासले उनी बेचैन छिन् ।
सोही क्रममा उनले रामेछाप नेपाली कांग्रेसका नेता महाधिवेशन प्रतिनिधि अर्जुन कुमार केसीसँग न कतैबाट केही सहयोगको पहल हुन्छ कि भनेर सहयोगको याचना गरिन् । केसीले यो कुरा थाहा पाएपछि विदेशमा रहेका केही नेपाली सहयोगी मन भएका नेपालीहरूसँगको पहलमा केही रकम जम्मा गरे र, सो रकम केसी सहित अन्य केही नेताहरूले शान्तिको निवासमै पुगेर हस्तान्तरण गरेका छन् ।
बिरामी शान्ति बस्ने काठमाडौंको बौद्ध तिनचुली स्थति कोठामै पुगेर केसीसहित नेपाली कांग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्का, उपसभापति जितेन्द्र कुमार मोक्तान, महाधिवेशन प्रतिनिधि भरत चौलागाई, रामेछाप प्रदेश प्रमुख का उम्मेद्वार जितबहादुर थापमगरले विदेशबाट २० जना दाताहरूले पठाएको सहयोग रकम १ लाख ५५ हजार ८४२ रूपैयाँ ९१३६१ अमेरिकी डलर० एकमूष्ट हस्तान्तरण गरेका हुन् । आर्थिक स्थिति अत्यन्तै कमजोर भएकोले मासिक १५ हजार बराबरको औषधी खानुपरिरहेको र निकट भविष्यमै थप अप्रेसन गर्नुपर्ने अवस्था रहेको बिरामी शान्ति खड्का पन्थले बताइन् ।
उनले सहयोगको पहल गर्ने नेता केसी र सहयोगी दाताप्रति विशेष धन्यबाद दिँदै आमागी दिनमा पनि सहयोगको अपेक्षा गरिन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd