अधिकांश रोग पेटमा नै उत्पन्न हुने भएकाले त्यसको निधानका लागि धेरै पानी पिउन डाक्टरले सल्लाह दिन्छन् । पेट सफा भए धेरै रोग नलाग्ने र पेट सफा गर्न धेरै पानी पिउनुपर्ने पेट रोग विशेषज्ञहरु बताउँछन् ।

खाली पेट पानी खाँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । यसमा पनि मनतातो पानी सबैभन्दा उपर्युक्त हुन्छ । तर पानी पिउने भन्दैमा धेरै चिसो पानी पिएमा स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भएकाले सचेत हुन आवश्यक छ ।

१. दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ ।

२. तपाइँलाई भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस् ।यसले तपाइँमा भोक जगाउँछ ।

३. बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा मिल्छ । पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ ।

४. रुघाखोकी लागेमा पर्याप्त मात्रामा मनतातो वा तातो पानी पिउनु आवश्यक हुन्छ । यसले शरीरमा आराम मिल्छ ।

५. यदि छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउनुहोस् । चियाकफीको साटो ग्रीन टी पिउनुहोस् । यसले छाला चम्किलो बनाउने र शरीरको तौल कम गर्न पनि मद्दत गर्छ ।

६. बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस राखेर पिउनाले शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र शरीरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ ।

७. यदि तपाइँलाई निकै थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी गर्नाले मांशपेशीलाई तन्दुरुस्त बनाउन मद्दत गर्दछ ।

८. बिहान उठ्नेवित्तिकै मनतातो पानी पिउनाले टाउको दुख्ने समस्याबाट छुटकारा पाउन मद्दत मिल्नुका साथै यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय