मानवीय स्वास्थ्यमा योगको विशेष महत्व रहँदै आएको छ । आत्मा, शरीर र मनलाई एकाकार गर्ने माध्यमको रुपमा समेत योगलाई लिने गरिन्छ । योगको शुरुवात हिन्दू दर्शन अनुसार नै भएको मानिन्छ । जुन हाम्रो पूर्वीय संस्कार हो तर अहिले योग अहिले पूर्वीय दर्शनमा मात्र सीमित छैन । अहिले पश्चिमी देशहरुमा समेत योगको प्रचारप्रसार भइरहेको छ । अमेरिकाका केही विश्वविद्यालयहरुमा अनिवार्य विषयको रुपमा नै योग शिक्षालाई समेट्न काम भएको छ ।

नेपाली भूमीमा पनि योगलाई सबैको पहुँचमा पु¥याउनको निम्ति ऊहाँको महत्वपूर्ण योगदान छ । नेपालमा योगको प्रचारप्रसार गर्ने अन्य विभिन्न व्यक्ति वा समुदायहरु छन् । डा.योगी विकाशानन्द, ओशो लगायतका योगहरु नेपालमा चर्चामा छन् । नेपालको हिमाली क्षेत्रको पाशुपत योगलाई मौलिक योगको रुपमा लिने गरिन्छ ।

योग आफैंमा विज्ञान हो । यसका आफ्नै नियमहरु हुन्छन् । ती नियमहरु राम्रो तवरले पालना गर्न सके योगको माध्यमबाट हाम्रो जीवन सफल र सार्थक बन्न सक्छ । पछिल्लो समय योगको क्षेत्रमा भौतिकवादी व्यक्तिहरु समेत संलग्न छन् । चिकित्सा शिक्षामा लामो अनुभवी व्यक्तिहरु पनि आत्मा शुद्ध गर्नुको अलावा यसको रहस्य पत्ता लगाउनको निम्ति संलग्न रहँदै आएका छन् ।

भौतिक प्राप्तिलाई सुख मान्न सकिँदैन । तर आत्मामा हुने शान्ति वा सन्तुष्टि नै सुख हो । जुन योगबाट नै प्राप्त हुन्छ । योगका विभिन्न प्रकारहरु छन् । त्यसैबमोजिम ती योगले गर्ने कार्यहरु पनि फरक हुने नै भए । हुनतः योगासनहरु निकै धेरै सङ्ख्यामा भएको मानिन्छ । तर मानवीय जीवनमा बढी प्रचलनमा रहेका योगासनहरु भने कमै छन् । अहिलेका मानिसको व्यस्त जीवनमा समय व्यवस्थापनलाई विशेष महत्व दिँदै जीवनलाई तनावमुक्त र स्वस्थ बनाउने त्यस्ता केही योगासनहरु बढी प्रचलनमा रहेको पाउन सकिन्छ ।

कतिपय दीर्घरोगहरु पनि योगको अभ्याससँगै ठीक भएका छन् । विज्ञानको आविष्कार भन्दा माथि रहेको योग क्षेत्र आफैंमा छुट्टै संसार हो । योगको माध्यमबाट मात्रै हामीले आफूलाई र आफ्नो वास्तविक अन्तरनिहित क्षमतालाई चिन्न र बुझ्न सक्छौं ।
प्रतिकुल परिस्थितिमा पनि आफूलाई विचलित नगराई सही मार्गमा हिँड्नको निम्ति योग वरदान सावित भएको छ । सामान्य जीवनमा असम्भव लाग्ने कुराहरु पनि योगको माध्यमबाट सम्भव भएका छन् । यसैकारण योगले विशेष महत्व पाउन सफल भएको हो ।

याेगका नियमहरु :
योगका आफ्नै नियमहरु छन् । योगको क्रममा शारीरिक अवस्था, खानपान लगायतका अन्य वस्तुहरुले पनि विशेष भूमीका खेलेका हुन्छ । तर जथाभावी रुपमा योगको अभ्यास गर्नाले मानिसलाई अन्य समस्याहरु पनि देखिन सक्छन् ।

नेपाल लगायत विश्वभर नै अन्य विभिन्न शारीरिक अभ्यासहरु पनि हुँदै आएका छन् । कतिपयले योग र अन्य शारीरिक अभ्यासहरुलाई एकै किसिमले पनि हेर्दै आएको पाइन्छ । तर योग र शारीरिक अभ्यास एकै प्रकृतिका होइनन् । शारीरिक अभ्यासमा शारीरिक स्फुर्ति र तन्दुरुस्ति मात्र हेरिन्छ भने योगमा शारीरिक अभ्यासको अलावा व्यक्तिको चौतर्फी (सर्वाङ्गीण विकास) र सिङ्गो संसार प्रतिको दृष्टिकोणमा नै परिवर्तन ल्याइदिन्छ ।

मानवीय स्वास्थ्यमा योगको विशेष महत्व रहँदै आएको छ । डिप्रेसनमा परिसकेका र संसारमा बाँच्नुको कुनै अर्थ नै नदेख्नेहरु पनि योगको प्रभावका कारण आफू ठीक भएका मात्र छैनन्, अरुलाई मार्गदर्शन समेत गरिरहेका छन् ।

सभ्य समाज निर्माणको निम्ति हरेकले आफ्नो आचरण सुधार्नु जरुरी रहन्छ । संसारको परिवर्तन गर्न चाहनेले आफैंबाट शुरुवात गर्नुपर्ने मान्यता बमोजिम अघी बढेका व्यक्ति डा. योगी विकाशानन्दबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौं । आफ्नो मार्गमा अरुलाई हिँडाउन र सबैको भलोको निम्ति आफू स्वस्थ समेत हुनुपर्छ । शारीरिक र मानसिक रुपमा स्वस्थ व्यक्तिले मात्र अरुको निम्ति सोच्न सक्छ । यसको निम्ति आफू पूर्ण रुपमा स्वस्थ र सन्तुष्ट हुनु जरुरी छ ।

मानिसको मन र सोचाइमा नै परिवर्तन ल्याउन सक्ने कुनै माध्यम छन् भने ती भनेका योग र ध्यान नै हुन् । आफुलाई आफैंंले अध्ययन गर्न सिकाउने माध्यम भएको कारण पछिल्ला बर्षहरुमा योगले यति धेरै मान्यता पाउन सकेको हो । मानिसका अधिकांश भौतिक समस्याहरु योगको माध्यमबाट नै समाधान हुन सक्छन् ।

नेपालमा योगको प्रचारप्रसार र विस्तारको निम्ति राजतीय राज्य पक्षले पनि निकै नै प्रभावकारी भूमीका निर्वाह गर्दै आएको छ । सन् २०१५ देखि त विश्वभर नै जुन २१ लाई विश्व योग दिवसको रुपमा नै मनाउन शुरु गरिएको छ । यसले योगको क्षेत्र फराकिलो बन्दै गएको समेत देखाएको छ । पछिल्लो ५-७ बर्षमा योग प्रति मानिसहरुको चेतना निकै नै बढेको छ । यद्यपि नियमित रुपमा विधिपूर्वक योगासन गर्ने मानिसहरु भने अझै पनि कम नै छन् ।

योग कसले गर्ने ?
योग सबैले गर्न सकिन्छ । शारीरिक रुपमा पूर्ण स्वस्थ देखि विभिन्न शारीरिक समस्या भएका व्यक्तिहरु समेतले योगाभ्यास गर्नु जरुरी छ । योग गर्नको निम्ति योग सँग राम्रो ज्ञान भएका व्यक्तिको साहयोग पनि अनिवार्य हुन्छ । जथाभावी रुपमा योग गर्दा यसले अन्य समस्या पनि निम्तन सक्ने भएको कारण योग गर्ने क्रममा विशेष सतर्कता अपनाउनु जरुरी रहन्छ ।

यद्यपि योगका आसनहरु मध्ये कतिपय आसनहरु गर्दा त्यसका फाइदा र बेफाइदा के छन् भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ । कुनै आसनहरु विशेष शारीरिक समस्या भएका व्यक्ति, गर्भवती लगायतलाई उपयुक्त मानिँदैनन् । ती आसनहरु गर्ने क्रममा राम्रो सँग बुझ्नु अनिवार्य हुन्छ ।
अहिले आएर योग व्यापक बनिसकेको छ । प्राकृतिक रुपमा नै बाँच्न सिकाउने र प्रकृतिमा नै हाँस्न सिकाउने माध्यम समेत बनेको योग

अहिलेको आधुनिक समयमा मानिसहरु प्रविधि र मेसिनको गतिमा काम गर्नुपर्ने बाध्यात्मक अवस्था सृजना भएको छ । यस्तो अवस्थामा मानिसहरु मेसिनकै गतिमा घोटिनुपर्दा मानसिक रुपमा निकै नै तनावग्रस्त हुँदै गएको छ । मानिसमा दिनानुदिन नयाँ नयाँ रोगहरु समेत देखिँदै आएका छन् । प्रविधिको विकास सँगै मानिसहलाई भौतिक रुपमा जति सहजता प्राप्त भएको छ । त्यति नै मानिस विभिन्न समस्याहरुबाट निकै नै जटिल परिस्थिति सामना गर्न पनि बाध्य छ ।

एकातिर भौतिक विकासले आकाश त चुमेको छ तर सँगसँगै हाम्रा परम्परागत मान्यताहरु, सहयोग, सद्भाव र आत्मियता भने हामीबाट टाढा हुँदै गएको छ । भौतिक रुपमा हामी सम्पन्न र समृद्ध त बनेका छौं । तर हाम्रो भौतिक सम्पन्नताले मात्र हामी सन्तुष्ट बन्न सकेका छैनौं । अहिले मानिसको मन निकै नै चञ्चल बनेको छ ।

हजुरबुबा देखि नातीनातिनी सम्म सबै एउटै परिवारमा संयुक्त रुपमा बस्दै आएको पुस्ता खण्ड खण्ड भएको छ । यसले गर्दा मानिसमा विभिन्न किसिमका समस्याहरु देखिइरहेका छन् । मानिस बाहिरबाट देख्दा मात्र सन्तुष्ट छ । तर भित्री रुपमा भने उसँग अनेकौं पीडाहरु छन् । निकै नै असन्तुष्ट छ । यी र यस्तै अनेकौं समस्याहरु अहिलेको हाम्रो समुदायका कटु वास्तविकता हुन् । जसले हाम्रो समाजलाई निकै नै कुरुप बनाइरहेको छ ।

समाजमा विभिन्न किसिमका अमानवीय व्यवहारहरु बढ्दै गएका छन् । हत्या, हिंसा जस्ता कार्यहरुमा मानिस बिना हिच्किचावट लाग्दै गएको छ । यहाँ सम्म कि समयको परिस्थिति यस्तो बन्यो कि मानिसले के सही र के गलत भन्ने नै छुट्याउन नसक्ने अवस्था सृजना भइसकेको छ । यसले गर्दा समाजमा आत्महत्याका घटनाहरु बढ्दैछन् । आपराधिक क्रियाकलापहरु बढ्दै गएका छन् । सभ्य र सुसंस्कृत समाजको हामीले परिकल्पनागर्न सकेका छैनौं ।

परिवारको एकता र भातृत्व हराउँदै गएको अहिलेको परिस्थितिमा सबैलाई एकीकृत गर्न सक्ने माध्यम भनेको आध्यात्मिक दर्शन हो । अध्यात्म अन्तरगतकै एउटै पक्षको रुपमा रहेको योग यी सबै समस्या समाधानको निम्ति एकमात्र निर्विकल्प उपाय हुन सक्छ ।

अहिलेका मानिसहरुसँग समय थोरै छ । थोरै समयमा नै धेरै काम गर्नुपर्ने महत्वाकांक्षा लिएर मानिस मैदानमा निस्किएको हुन्छ । यद्यपि सबै आकांक्षाहरु पूरा नहुन सक्छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय