
काठमाडौँ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष यौ@न दुव्र्यवहारको आरोपमा मेडल राई पक्राउ परेका छन् ।
स्थानीय एक महिलालाई चार दिन अघि मादक पदार्थ सेवन गरेर यौ@न दुव्र्यवहार गरेको लिखित उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौ@न दुव्र्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजुरीका आधारमा वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रुपेश खड्काले जानकारी दिए ।
“करणीको जाहेरी आएपछि हामीले वडाध्यक्ष राईलाई नियन्त्रणमा लिएका छौँ”, उनले भने, “अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।” घटना अनुसन्धानमै रहेकाले थप बताउन नमिल्ने प्रहरीको भनाइ छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd