झापा । झापाको कचनकवल गाउँपालिकास्थित पाठमारीमा हिजो सोमबार सशस्त्र प्रहरी बलको १० औँ बोर्डर आउट पोस्ट ( बीओपी ) स्थापना भएको छ ।
प्रदेश १ भर यस वर्ष २२ ओटा बीओपी स्थापनाको लक्ष्य अनुसार सरकारी जग्गामा कचनकवल गाउँपालिकाले निर्माण गरिदिएको बीओपी भवन झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायबमहानिरीक्षक वंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
गाउँपालिकाले निर्माण गरिदिएको भवनमा ५० जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेटक्वाटर झापाका एसपी रमेशकुमार पाण्डेले बताए ।
उनका अनुसार बीओपीमा परिचालित टोलीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षकले गर्नेछन् । बीओपी उद्घाटनपछि बोल्दै सशस्त्र प्रहरी नायबमहानिरीक्षक दाहालले सीमा अतिक्रमण नियन्त्रणका साथै सुरक्षा व्यवस्थामा कडाइ गर्न सरकारले सशस्त्र प्रहरी बल परिचालन गरेको विचार व्यक्त गरे ।
एक सय ४४ दशमलव दुई किलोमिटर क्षेत्रमा १८ ओटा बीओपी स्थापनाको लक्ष्य रहेकोमा हालसम्म १० ओटा सञ्चालनमा आइसकेका छन् भने ज्यामिरगढी‚ तिरिङ, नकलबन्दा, सत्तिघटा, पन्थापाडा, महेशपुर, आँपगाछीमा बीओपी स्थापनाको सरकारी तयारी रहेको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd