
काठमाडौँ । बिहिबार सरकारले कपिलवस्तुका डा. निर्मलकुमार विश्वकर्मालाई १२ देशको राजदूतमा सिफारिस गरेको छ ।
बिहिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले उनलाई दक्षिण अफ्रिकासहित १२ देशका लागि राजदूतमा सिफारिस गरेको हो ।
विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूतका अतिरिक्त बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम्बिया, जिम्वावे, ग्यावोन, मोजाम्विक, मोरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरिएको हो ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd