काठमाडौँ । आज बसेको मन्त्रीपरीसषको बैठकले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ ।
पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस भएकाे छ । खतिवडाको करिअर नेपाल राष्ट्र वैंकको अधिकृतबाट सुरू भएको हो । उनलाई पूर्व एमाले सरकारले राष्ट्र वैंकमा गभर्नर नियुक्त गरेको थियो ।
गभर्नर नियुक्त हुनु अघि नै एकपटक र गभर्नर भएपछि फेरी एक पटक खतिवडालाई पूर्व एमाले सरकारले दुइपटक राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
प्रधानमन्त्री केपी ओलीसगँ निकट रहेका खतिवडा गएको निर्वाचनपछि राष्ट्रियसभा थिए ।खतिवडाको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल पछि अर्थमन्त्रीमा निरन्तरता दिए । उनलाई पुन प्रधानमन्त्रीका विषेश आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए ।
राष्ट्रपतिले खतिवडालाई राजदूत नियुक्त गर्नुअघि संसदीय समितिले सरकारको सिफारिस अनुमोदन गर्नुपर्नेछ । त्यसका लागि संसदले चाँडै नै सुनुवाइ प्रक्रिया सुरू गर्नेछ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd